संस्मरण : जन्मभुमी( तेस्रो भाग )

प्रकाशित मिति:

अर्जुन ज्ञवाली  

गाइगोरु चराउन सानोपोखरी देखि शुरु भएको बारपोरी, पोखरी, दारा, चारिखेल्ने डाडा, तिजुआ गोहिर, घरथुम, ठुलापोखरा, चिच्यान भन्ने ठाउसम्म पुगिन्थ्यो । त्यतिबेला सबैको घरमा गाइगोरु पालेका देखिन्थे । एउटा घरको गोठमा कम्तीमा ८\१० ओटा गाइगोरु हुन्थे । बिहान जङ्गल जाने बेलामा बाटोभरी डिङ्गा बाच्छाको भिडभाड हुन्थ्यो । दिनभर एउटा घरको एकजना मान्छेको काम डिङ्गा हेर्ने नै हुन्थ्यो तिजुआ गोहिर र घर्थुम अलि टाढा पर्थथ्यो । गाइगोरुका बिहान डाम्री परेका पेट बेलुका परे पछि टन्न अघाएर होला पेट टम्म हुन्थे । टन्न पेट  भएपछी गोठमा आउन गाइगोरुलाइ नै हतार हुन्थ्यो । घर सारै दौडिन्थे । हामी पनि के कम गाइगोरुको पुच्छर निमोठ्दै बुर्कुसी मार्दै घर गइन्थ्यो । कहिले पुच्छर छोपेको गाइगोरुले ब्याक किक( लात्ती) हान्दा बारीका पाटामा पुगीन्थ्यो । कहिलेकाही थामाचौर जसलाइ कोप्चे पनि भनिन्थ्यो । त्यहा पनि गाइगुरु लग्थ्यौ । थामाचौर हरियो दुवोको चौर थियो । त्यहा पुग्दा एकदम मन आनन्दीत हुन्थ्यो । हिउदको बेला खेत, खर्यान(खरबारी) मा गाइगुरु लग्थ्यौ । बाह्रैमास जाने भनेको पोखरी, दारा, मलेतारुख, चारीखेल्ने डाडा, सल्लेधारा, किछारा भिर नै हो । पोखरीको कुरा गर्दा त्यहा भएको पोखरी भन्दा त्यहाको डाडा महत्त्वपूर्ण लाग्छ । जुन ठाउमा हामी खेल खेल्थ्यौ । कपर्दी, डन्डी बिगो, खुखुरा जुद्धाइ आदि आदि । दुवोमा खुव खेल्न मज्जा आउथ्यो । पोखरीको डाडाको शिरमा बडेमान्को(अग्लो) सिमलको रुख अहिले पनि छ । अहिले गाउँ जादा त्यही गएर हो सुस्केरा हाल्ने, पात बजाउने अनि गित गाउने गरिन्छ। साथीभाइसग रमाइलो गर्ने गरिन्थ्यो । प्रायः साझ मै गहिन्थ्यो त्यहा । गाउका सबै साथीहरू मिलेर जान्थौ । मैले मुखले नै मादक बजाउथे । यद्यपि अहिले पनि बजाउछु । मेरो मुखको मादलले कहिलेकाही तिहार नआइ पनि हामी भैलो खेल्थ्यौ । मैले मुखको मादल बजाउने अनि साथिहरु नाच्दथे । अहिले पनि हामी भेट भयौ भने यस्तै गरि रमाइलो गर्छौ । हाम्रा साथिभाइको समूह गज्ज्ब थियो । असाध्यै मिल्थ्यौ । मलाई जहिले पनि फरक काम गर्न रुचि लाग्थ्यो । जसले समाजमा सकारात्मक प्रभाव पार्न सक्थ्यो । समाजलाइ चेतना र बिकासको हिसाबले अगाडी लैजान सक्थ्यो।

सानै उमेर देखि नै अलि फरक गर्नु पर्छ भन्ने लाग्थ्यो । जुन कुराले आफुलाइ सन्तोष र आनन्द दिन्छ,अरुको लागि प्रेरणा पनि हुन्छ । त्यस्तै बोली ब्याहवार र काम गर्नुपर्छ भन्ने मेरो मान्यता थियो र अहिले पनि छ । यसमा अरु साथीहरूको पनि सोच मिल्थ्यो । सोच मिलेर नै स्कुले जिवनमा हामीले केही नयाँ गर्न खोजेका थियौ । हामीले ध्यौसीभैली मात्र होइन, सास्कृतिक कार्यक्रमहरुको पनि शुरुआत गर्यौ । एउटा क्लबको अबधारणा मेरो मानसपटलमा घुमिरहन्थ्यो त्यो बेला । मलाई अहिले पनि याद छ । पहिलो पटक क्लब खोल्ने भनेर २०५८ जेठ १९ गते शुक्रबार तत्कालीन गाविस अध्यक्षलाइ बोलाएर बैठक बसेका थियौ । त्यो दिन राजदरबार हत्याकाण्ड भएको थियो । त्यो समाचारले त्यतिबेला देस स्तव्द थियो । त्यस्तो सुरक्षाले घेरेको स्थानमा पनि कसरी त्यति ठूलो घटना भो भन्ने लागेकोथियो । अहिले पनि कौतुहलताको बिसय लाग्छ । त्यतिबेलाको एकमात्र सन्चार माध्यम रेडियो नेपालमा कयौं दिन शोक धुन बजेको मलाइ याद छ । क्लब खोल्ने भनेर बसेको बैठक अल ईन्डिया रेडियोबाट यस्तो अप्रिय खबर आयो भनिसके पछि केही निर्णय नगरी
भैलो पनि हाम्रो विशेष थियो । विभिन्न गितहरुमा नाच्थ्यौ। “जवानीमा तानेको गाजा गाजा, अहिले मलाई लाइराछ हो नमजा“ बोलको गितमा म खुब नाचे,अहिले पनि त्यो गित आयो की नाच्न मन लाग्छ । बेनुको बजार तिरेमिरे जालेरुमालमा गज्जब नाच्थे म पनि । हामी एक हिसाबले सबै नाच्थ्यौ । सबैका आफ्ना आफ्ना गित थिए। त्यतिबेलाका अन्य चर्चित गितमा सबै नाचेका दृश्यहरु बिस्मृतिको पानामा अहिले पनि सुरक्षित छ्न

त्यति कै टुङ्गियो । यस पछि निकै लामो समय लाग्यो । तर हामी क्लब खोल्नु पर्छ भन्ने मान्यतामा थियौ । र देउसीभैलो, सांस्कृतिक कार्यक्रमलाई सकेसम्म अगाडि बढाएका थियौ ।

क्लब खोल्ने सन्द्रभमा हामी युवा साथिहरु सहमत थियौ । गाउका बुबा आमा पनि सहमति हुनुहुन्थ्यो । तर कतिपय त्यतीबेलाका ब्यक्तित्वहरुले हामीलाई निरुत्साहित पनि गरेकाथिए । उहाहरुले क्लव खोल्नुहुन्न भन्ने कुरा गरेको अहिले पनि म सम्झन्छु । तर हामी एक भयौ । निरन्तर प्रयास गर्यौ । जसरी पनि खोल्नुपर्छ भनेर अगाडि बढ्यौ । त्यतिबेला सास्कृतिक कार्यक्रम गर्न एकदम कठिन थियो । देश द्वन्द्वको आक्रन्त थियो । सदरमुकाममा सरकारी सुरक्षाकर्मीको बोलबाला थियो । गाउमा माओवादीको सत्ता थियो । हामीले कार्यक्रम गर्दा माओवादी र सरकार पक्षबाट अत्यन्त जोखिम थियो । माओवादीले हाम्रो नामबाट गर्नुहोस भन्थे । हामीले मानेनम । हामिले आफ्नै बिबेकले कार्यक्रम गर्यौ । पूरा उत्साहका कार्यक्रम गरेका थियौ । एउटा अनुभव कस्तो छ भने हामीलाई कार्यक्रम गर्न नसघाउनेहरु कि त आफुले त्यसको जस लिन खोज्दथे भएन भने कार्यक्रम बिथोल्न खोज्थे । अनि बाहिरी नानाथरी कुरा काट्थे । हामी घरका दाजुभाइ दिदीबहिनीहरु पनि मिलेर नाच्थ्यौ । गाउ कै सबै घरका दाजुभाइ दिदीबहिनीको समान उपस्थीतीलाइ अहिले पनि स्यालुट गर्न मन लाग्छ । त्यसलाइ गाउका कतिपय बन्धुहरुले बाहिरी नकारात्मक टिप्पणी गर्ने पनि थिए । हामी पबित्र मन, वचन र मस्तिष्कले सत्य र निस्ठामा काम गर्थ्यौ । सम्पुर्ण साथीभाइ दिदिबहिनीको साथ सर्मथनमा यी सबै क्रियाकलापको नेतृत्व गर्ने अवसर मैले पाएकोथियो । त्योबेला नेतृत्व गर्दा विभिन्न किसिमका चुनौती जेल्नुपरेको थियो । तर साथिभाइको साथले हामी सबै सफल भयौ । सायद हाम्रो जस्तो टिममा साथ दिने मित्र त्यो गाउले कहिले पाएको थिएन । न हामी भन्दापहिलेकाले गरेका थिए न हामी भन्दा पछि त्यस्ता कार्यक्रम हुन सके ।

लेखक अर्जुन ज्ञवाली र पृष्ठभुमिमा लेखकको जन्मभूमि जुम्लादी पिपलधारा, गुल्मी

अन्ततः साथिभाइ मिलेर क्लब दर्ता गरेर छाड्यौ । क्लब दर्ता गर्दा सबैको सहयोग रहो । हिम क्षितिज क्लबको नामबाट हामी गाउँगाउँ बस्तिबस्ती टोलटोलमा भैलो खेल्यौ । पोखरी डाडामा बृहत सास्कृतिक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेका थियौ। भैलो पनि हाम्रो विशेष थियो। विभिन्न गितहरुमा नाच्थ्यौ। “जवानीमा तानेको गाजा गाजा,

अहिले मलाई लाइराछ हो नमजा“ बोलको गितमा म खुब नाचे,अहिले पनि त्यो गित आयो की नाच्न मन लाग्छ । बेनुको बजार तिरेमिरे जालेरुमालमा गज्जब नाच्थे म पनि । हामी एक हिसाबले सबै नाच्थ्यौ । सबैका आफ्ना आफ्ना गित थिए। त्यतिबेलाका अन्य चर्चित गितमा सबै नाचेका दृश्यहरु बिस्मृतिको पानामा अहिले पनि सुरक्षित छ्न । बच्चा देखि वृद्धसम्म मध्यरात सम्म भोकै पेट पनि नाचियो गाइयो । दुखमा रमाइलो मिसाएर गाउमा उत्साह र उमंग भरीयो त्यतीबेला ।