दशैंको यात्रा– ठूला ट्रकहरुलाई काठमाडौं प्रवेशमा रोक

प्रकाशित मिति:

काठमाडौं – सरकारले आगामी सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ । दशैंमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै आगामी सोमबारदेखि अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेकका अन्य मालवाहक सवारीसाधनलाई चितवनको नारायणगढमै रोकिने भएको हो ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अत्यावश्यक खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थलगायतका तत्कालै नाश भएर जाने सामग्री ढुवानी गर्ने बाहेकका १० चक्के र सोभन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन काठमाडौं प्रवेश रोक लगाइने जनाएको हो । विभागका अनुसार असोज १२ गतेदेखि १८ गतेसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । त्यसपछि भने उपयुक्तता हेरेर उक्त निर्णय फिर्ता लिइने विभागले जनाएको छ ।