कृषि विकास बैंक ह्याकिङ प्रकरण – थप ३ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं – कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले काठमाडौं, कञ्चनपुर र पर्वतबाट गरी थप ३ जनालाई पक्राउ गरिएको बताए ।

थापाका अनुसार काठमाडौंबाट गणेशप्रसाद बस्याल, कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये कञ्चनपुरका यज्ञराज भट्टको खातामा ४५ लाख रुपैयाँ पठाइएको पाइएको एसएपी थापाले बताए । यस्तै, पर्वतबाट पक्राउ परेका न्यौपानेको खातामा २८ लाख रुपैयाँ ट्रान्सफर भएको देखिएको छ । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ सहित अहिलेसम्म १६ जना पक्राउ गरिसकेको छ ।