ग्रिन स्कुल मा जिपी कोइराला फाउण्डेशनको सम्बोधन

प्रकाशित मिति:

न्युयोर्क । तेस्रो एनवाईसी ग्रिन स्कुल अन्तरराष्ट्रिय सम्मेलनको आयोजना हिजो सेपटेम्बर २६, न्युयोर्क शहर, म्यानहाटन को एक ऐतिहासिक भवन Lehigh Building, 601 W 26th St को सभाहल मा भव्यताका साथ सम्पन्न भएको छ ।अन्तरराष्ट्रिय ग्रीन मेन्टोर्स ले आयोजना गरेको यो तेस्रो सम्मेलन जलवायु पक्षधर नेताहरुको अनुभव, विचार तथा कथ्यहरु आदान प्रदान गर्दै सम्बन्धीत विषयहरुको विशेषज्ञता, अनुभवी र बौद्धिक व्यक्तित्वहरु ले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सम्बोधन गर्नुभएको थियो।
यसै क्रममा जीपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ धिमिरेले सम्मेलनलाई सम्बोधन गर्दै आफ्नो विषय वस्तु ुुप्रजातन्त्र लाई प्रोत्साहन गर्दै दिगो शान्ति र विकास  बारे आफ्नो स्पष्ट धारणा राख्नु भयो। अध्यक्ष घिमीरेले आफ्नो मन्तव्य राख्दै यस २१अौं शताब्दी मा अब  GPDS(Global Protection on Democratic System) को प्रारम्भ गर्दै विकास गर्न जरुरी भएको छ र आयोजक ग्रीन स्कुल मेन्टोर्स ले यस GPDS का लागी पहल गर्न पनि आग्रह गर्नु भयो।

 

वहाँले गिरीजा प्रसाद कोइराला फाउण्डेसन को उदेश्य र कार्ययोजना बारे स्पष्ट पार्दै”Green Democracy” को अवधारणा अौंलाउँदै अब ग्रीन स्कुलले सुरु गर्न अनुरोध गर्नु भयो। गिरीजा वावु कै तिन मन्त्र सहमति, सहकार्य र एकता लाई जेडदै ग्रीन डेमोक्रेसी (Green Democracy) को अभियान अन्तरराष्ट्रियकरण को लागि हामी सबै एक भएर लागौं भन्नुभयो। Green Democracy को कार्यपत्ररयोजना यसै ग्रिन स्कुल मेन्टर्स का सस्थांपक विरेन्द्र रावत लाई हस्तान्तरण गर्दै गिरीजा प्रसाद कोइराला फाउण्डेसन को तर्फ वाट सस्थांपक रावत लाइ धन्यवाद प्रकट गर्नु भयो। सम्मेलनले पारित गरेको प्रस्तावहरु सम्वन्धित क्षेत्रका लागि फलदायी हुने विश्वास लिइएको छ भन्दै सस्थांपक रावतले सबै उपस्थित महानुभाव हरुलाइ धन्यवाद दिनुभयो। सम्मेलनमार्फत् शान्ति, प्रजातन्त्र र विकासका लागि बौद्धिक व्यक्तिहरुको जमघट तथा उनीहरुबीचको अन्तक्रियाले महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने मा विश्वस्त छौं।