मृगौला पिडित देवी पल्ली बचाउ अभियान स्वदेश तथा विदेशमा आर्थिक संकलन जुट्दै

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्ली बचाउ अभियानको लागि स्वदेश तथा विदेशमा आर्थिक सहयोग संकलन जुट्दै गएको छ ।मुसिकोट नगरपालिका ४ बडागाँउ डाथोक निवासी ३२ बर्षीय देवी पल्लीको दुवै मृगौलाबाट पिडितको स्वास्थ्य उपचारमा सहयोग पु¥याउनका लागि विभिन्न व्यक्तिहरुको सक्रियतामा विगत १ महिनादेखि देवी पल्ली बचाउ अभियान मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको समाजसेवी तथा अभियान्ता सुमेन्द्र सिंह ठकुरीले जानकारी दिए । हाल काठमाण्डौको टिचिङ्ग हस्पिटलमा उपचार गराईरहेकी मृगौला पिडित पल्लीको सहयोगका लागि श्याम बहादुर राकसकोटी र गिता बहादुर पल्लीको संयुक्त नाममा रहेको ग्लोबल आइएमइ बैङ्कमा खाता नं. ०८०७०१००१३८४२ खातामा सिधै रकम जम्मा गर्न सकिने छ ।

मृगौला पिडित पल्लीको सहयोगका लागि विदेश अन्र्तगत जापानमा हुकुम कार्की,आकाश बराल,प्रदिप सिंह र प्रेम कार्की अमेरिकामा बिष्णु कार्की,दुवईमा दिनेश सिंह र भारतमा कर्ण बहादुर थापा र सुरज थापा एवं नेपालको काठमाण्डौमा जमुना राना,पदम सिंह,करन विश्वकर्मा,गुल्मी चारपालमा नारायण खत्री एवं बडागाँउमा पुष्पा बरम्ले,बोम पल्ली र पृथ्वी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लगायत मार्फत आर्थिक सहयोग संकलन अभियान थालिएको समाजसेवी तथा अभियान्ता सिंह ठकुरीले जानकारी दिए ।हालसम्म मृगौला पिडित पल्लीको लागि स्वदेश तथा विदेशबाट गरि झण्डै ३ लाख आर्थिक सहयोग संकलन भएको सामाजसेवी सिंह ठकुरीले जानकारी दिए ।विगत डेढ महिनादेखि दुबै मृगौलाबाट पिडित बनेकी पल्लीको घरको आर्थिक अवस्था कमजोर रहेकोले उनको स्वास्थ्य उपचारमा आफूसक्दो सहयोग गरिदिन समाजसेवी तथा अभियान्ता सिंह ठकुरीले आग्रह गरे ।साथै सामाजिक अभियान्ता सिंह ठकुरीले देशका विभिन्न स्थानमा रहेका पिडित व्यक्तिहरुको लागि सहयोग जुटाउन विगत केहि बर्षदेखि सामाजिक रुपमा सक्रियताका साथ सहयोग गदै आइरहेका छन् ।