पत्रकारिता प्रविधि मैत्री हुनुपर्छ – सचेतक खाँड

११ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
11 Shares


सबलपोस्ट / काठमाण्डौ – नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पत्रकारिता समय अनुसार प्रबिधि मैत्री बन्नुपर्ने बताएका छन् । पूर्व शिक्षा मन्त्री समेत रहेका खाँडले शुक्रबार सेफर्ड कलेज काठमाण्डौको अवलोकन गर्दै पत्रकारिता र प्रविधि समान ढंगबाट अगाडि बढ्न सके पत्रकारिताले पुर्याउने योगदानको मुल्य पनि बढ्ने बताए ।

खाँडले प्रविधिमैत्रीपत्रकारिताको विकासमा सेफर्डले पुराएको योगदानको प्रशंसा गर्दै राज्यले पत्रकारको योग्यता र भूमिकाको सम्मान गर्न कञ्जुसाई गर्न नहुने बताएका थिए । क्याम्पस प्रमूख तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.सुरेश राजआचार्यले खाँडको स्वागत गर्दै सेफर्डले सुरुवात देखीनै बिद्यार्थीहरुलाई प्रविधिमैत्री व्यावसायिक शिक्षालाई स्थापित गर्ने मान्यता अनुरुप काम गर्दै आइरहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया