नवलपरासी– विप्लव नेतृत्वका नेकपाका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इन्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व विद्यार्थी संयोजक नयनसिंह खड्का नविनलाई प्रहरीले नवलपरासीको सुनवलको रमवापुरबाट पक्राउ गरेको हो ।
उनीहरुलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । शारदा भण्डारीलाई प्रहरीले यस अघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएका थिए । उनी यस अघि पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि पक्राउ गरेको थियो । त्यस लगतै पक्राउ परेका भण्डारी ७१ दिन पछि सर्वोच्चको आदेशमा रिहा भएका थिए ।