मनमाला घर्तीको पाठेघर फु’टेर पेटभित्रै बच्चा निस्किएपछि…..

प्रकाशित मिति:

रुकुम – जिल्ला अस्पताल सल्ले, रुकुम (पश्चिम)मा अहिलेसम्मकै जटिल र ठूलो शल्यक्रिया गरिएको छ । पाठेघर पेटभित्रै बच्चा निस्किएपछि मृ त्युको मुखमा पुग्नुभएकी रुकुम पूर्व, भूमे गाउँपालिका–१, लुकुमकी ४१ वर्षीया मनमाला घर्तीलाई दुईवटा शल्यक्रिया गरेर ज्या न बचाइएको छ । यसअघि ६ वटा बच्चालाई जन्म दिइसकेकी घर्ती यसपटक बच्चा जन्मिने महिना पुग्नै लाग्दा अत्याधिक र क्तस्रा व हुन थालेपछि गत मंगलबार भूमे गाउँपालिका–२ स्थित काँक्री स्वास्थ्य चौकीमा पुग्नुभएको थियो । समस्या जटिल देखिएपछि उहाँलाई त्यहाँबाट मंगलबार राती २ बजे जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पु¥याइएको थियो । तत्काल चेकजाँच गर्दा उहाँको शल्यक्रिया गर्दा पाठेघर फु टेर बच्चा बाहिर निस्किएर म रिसकेको अवस्थामा देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउनुभएका जिल्ला अस्पतालका एमडीजीपी डा. अनुपमंगल समालले जानकारी दिनुभयो । सातौँपटकको गर्भ भएकाले पाठेघर निकै कमजोर भएर बच्चा निस्किएको उहाँले बताउनुभयो । ‘बच्चा निकालेर पाठेघर सिलाउँदा समेत झनझन फु ट्न थाल्यो ।’ उहाँले भन्नुभयो, ‘पहिलो शल्यक्रियामा तीनघण्टा लगाएर जसोतसो र क्तस्रा व रोक्नलाई पाठेघर सिलाइयो ।’

यति गरिसकेपछि पनि पाठेघरमा संक्रमण बढेर समस्या थपिने देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै रुकुम पूर्वमा सेवा विस्तारका लागि आउनुभएका एमडीजीपी डा. निरज थापालाई समेत बोलाएर बिहीबार घर्तीको दोस्रो शल्यक्रिया गरी पाठेघर नै का टेर फालिएको जिल्ला अस्पताल रुकुमका प्रमुख डा. महेश चौलागाईंले बताउनुभयो । स्वास्थ्यकर्मीहरुको समूह मिलेर जिल्लामै पहिलोपटक यस्तो खालको जटिल शल्यक्रिया गर्न सफल भएको उहाँको भनाई छ । बिहीबार दोस्रो शल्यक्रियापछि मनमालाको अवस्था क्रमशः सामान्य हुँदै गएको र अब खतरामुक्त भएको बताइएको छ । पछिल्लो समय कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा जिल्ला अस्पतालमा विज्ञ डाक्टर र आवश्यक उपकरणहरुको व्यवस्था भएपछि यस्तो खालको सेवा दिन सफल भएको डा. समालले बताउनुभयो । दुईवटा शल्यक्रियापछि मनमालाको ज्या न बचाउन सकिएको भन्दै यो जिल्लाकै पहिलो उदाहरण भएको उहाँको भनाई छ । गोरखापत्र अनलाइनमा खबर छ ।

आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण ऋण सापटी गरेर २० हजार रुपियाँ जुटाएर यहाँ पु¥याएपछि श्रीमतिको ज्या न बचाएको भन्दै उहाँका श्रीमान् धनसुर घर्तीले खुसी व्यक्त गर्नुभयो । ‘पहिले नियमित चेकजाँच गराउने थाहा भएन, त्यो नहुँदा अहिले समस्या भयो ।’ उहाँले भन्नुभयो, ‘गाउँको स्वास्थ्य चौकी पनि घरभन्दा टाढा भएकोले चेक गराउन पाइएन ।’ यसअघि जन्मिएका बच्चाहरुमध्ये पनि २ वटाको उतिबेलै मृ त्यु भएको उहाँले जानकारी दिनुभयो । गाउँमा सचेतना नहुँदा यसरी धेरै बच्चा जन्माउने र आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने समस्याहरु अझै पनि गाउँघरमा विद्यमान रहेको छ ।