सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवन सुरक्षित गरेको छ : मन्त्री विष्ट

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी नेकपा को नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै लैजाने र त्यसलाई थप व्यवस्थित र मर्यादित बनाउने प्रक्रियामा सरकार लागि परेको छ । समाजवादउन्मुख नेपालको संविधानको भावनाअनुरुप सरकारले केही रणनीतिक महत्वका कार्यक्रमसमेत अगाडि सारेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको पाँच वर्षभित्र बाध्यताले कोही पनि वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्ने बताए । उनले सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आमजनता र श्रमिकको जीवन बदल्ने युगीन कार्यक्रम भएको बताए ।