दसैं खर्च जुटाउँदै राउटे, पैसा माग्न पसे सहर

प्रकाशित मिति:

दाङ – दसैं खर्च जुटाउन शहर पसेका राउटे दैलेख फर्किएका छन । दसैंको मुुखैमा राउटे सुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा तीन सदस्य टोली दाङको घोराही आएर फर्किएको हो । उनका साथमा बिर्खे शाही र दले शाही छन् । उनीहरुलाई उपमहानगरपालिकाले खाना खुवाएर नगद २० हजार सहयोग गरेको छ । उता प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सात हजार नगद दिएका छन भने दैलेखसम्म भाडा नलाग्ने गरी बस चढाएर पठाएका छन्  । दसैंका लागि आवश्यक नयाँ कपडा र खसी–बोका किन्नका लागि पैसा उठाउन दाङ आएको राउटे समुदायका सहायक मुखिया नारायण शाहीले बताए । वर्षमा एक पटक आउने दसैं रमाइलो गरि मनाउन खर्चको जाहो गर्दै उनीहरु शहर लागेका हुन् ।

दसैंमा मासु खानका लागि खसी–बोका, कुखुरा, चामल, तेल, दालसँगै आफू, बालबालिका र चेलीबेटीलाई नयाँ कपडाको जोहोका लागि पैसा आवश्यक परेको उनीहरुले बताए । “दशैंका लागि आवश्यक सामग्री किन्ने पैसा छैन, परिवारका सदस्यलाई नयाँ कपडा फेर्नका लागि पनि पैसा छैन”, मुखिया नारायण शाहीले भने, “त्यसैले हामी सरकारसँग पैसा उठाउन हिडेका छौँ ।” उनका अनुसार राउटे समुदायका मुखियासहितको एउटा टोली दसैं मनाउने पैसा उठाउन काठमाडौंमा छ । दैलेखको कान्छी बजारको नजिकै जंगलमा बस्दै आएका उनीहरु सुर्खेत हुँदै दाङसम्म आइपुगेका हुन् । शाहीका अनुसार अहिले राउटे समुदाय करिव दुई सयको संख्या छन् । फिरन्ते जातीका रुपमा रहेको राउटे समुदाय सुरुका दिनमा पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्थे । तर पछिल्लो समय आवश्यक सामग्री जुटाउन पैसा माग्दै हिड्ने गरेका छन् ।

थप समाचार