सहकारीहरुले रोजगारी श्रृजना गर्नु पर्ने टोप बहादुर रायमाझी को भनाई

प्रकाशित मिति:

बुटवल –पुर्व उपप्रधान मन्त्रि एवं प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीले सहकारीहरुले रोजगारी श्रृजना गर्नु पर्ने बताएका छन ।नेता रायमाझीले सहकारीहरु पछिल्लो समयमा बचत तथा ऋणको मात्रै काम गर्ने गरेको भन्दै अव बचत तथा ऋण संगै उत्पादशिल क्षेत्रमा लगानी गर्नुको विकल्प नभएको बताएका हुन ।सनिवार बुटवलमा आयोजित आबाज बचत तथा ऋण सहकारी संस्था बुटवलको दशौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री रायमाझीले विकास निर्माण देखि लिएर स्वरोजगार सृजनामा सहकारीहरुको भुमिका महत्वपूर्ण हुनुपर्ने बताए ।

अर उद्यमशिलता विकास गर्नुपर्ने भन्दै पुर्व मन्त्री रायमाझीले लगानीको वातावरण विस्तारै बन्दै गएको भन्दै यसमा नीजि क्षेत्र संगको सहकार्यमा सहकारीहरुले थप उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिएका थिए ।ार्थिक विकासको दरिलो खब्बाको रुपमा पहिचान बनाएका सहकारीहरुले सदस्यहरुलाई लगानी गमन्त्री रायमाझीले बढ्दो विदेश पलायन रोक्नुको लागि पनि सरकार, बैंक तथा वित्तीय संस्थाहरुको भूमिका महत्पूर्ण हुने बताए ।कोटईमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले सहकारीहरुको भविश्यको लागि बचत लाई बढि भन्दा बढि जोड दिनुआवश्यक रहेको बताए ।

। बचत तथा ऋण सहकारी संघका प्रदेश अध्यक्ष कृष्ण प्रसाद नेपालले छरिएर रहेका पुजीलाई एकिकृत गरी राष्ट्यि अर्थतन्त्रमा टेवा पुराएपनि सरकारले त्यसको सही मुल्याङन गर्न नगरेको बताए ।संस्थाका अध्यक्ष वावुराम वन्जाडेको अध्यक्षता सचिव कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा राष्ट्यि सहकारी बैक बुटवलका शाखा प्रवन्धक नरेश पाण्डे, नेप्सुनको ब्टवल शाखा अधिकृत राधा पोखरेल, आवाज सहकारीका संस्थापक अध्यक्ष तुल्सी प्रसाद आचार्य, उपाध्यक्ष जीवन अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा आवाज सहकारी पत्रकारिता पुरस्कारबाट बुटवल टुडेका वरिष्ठ संवाददाता कृष्ण खनाल पुरस्कृत भएका छन । यो पुरस्कार पत्रकारिता मार्फत सहकारी अभियानमा टेवा पुराउने पत्रकार मध्येवाट छनोट गरी प्रदान गरिदै आएको छ । त्यसैगरी उत्कृष्ट वचतकर्ता रविन्द्र कुमार श्रेष्ठ, असल ऋणी मानवहादुर घर्ति, उत्कृष्ठ शेयर सदस्य ओमवहादुर कु“वर र उत्कृष्ट कर्मचारी कमला तिवारी सम्मानित भएका छन । सैगरी पुर्व व्यवस्थापक अमृत राना लगायतका कर्मचारी तथा एसइम उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो । सुनिता घिमिरे, अनुश्का अधिकारी, पुजा न्यौपाने, सञ्जीमा गौतम, शिविर आचार्यलाई सम्मान गरिएको होे ।साधारण सभाले अध्यक्ष वावुराम वन्जाडेको प्रतिवेदन र कोषाध्यक्ष अच्युत पन्तको आर्थिक प्रतिवेदन पारित गरेको छ । वि सं २०६६ भदौमा स्थापना भएको उक्त सहकारीको चुक्ता पुजी २ करोड १० लाख ६९ हजार ५ सय रुपैया रहेको छ ।