सिवाईसी वचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा जिल्लाभर सम्पन्न

प्रकाशित मिति:

कौरव खत्री बागलुङसिवाईसी वचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार जिल्लाभर सम्पन्न भएको छ ।भने आठौं शाखा खर्वाङको पनि वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष बोम बहादुर थापाले पहेँलो देखिने सुन सवै सक्कली नभएको भन्दै सहकारी हरुपनि सवै सक्कली नभएको बताउनु भएको छ। आजको समय प्रतिश्पर्धाको भएको भन्दै प्रतिस्पर्धामा राम्रो गर्ने विजयी हुने दावी गदै चेतनामुलक कार्यक्रम संचालनमा सिवाईसि सहकारी अब्बल रहेको अध्यक्ष थापाले वताए ।

कार्यक्रममा सिवाईसि वचत तथा ऋण सहकारीका केन्द्रीय सदस्य मेषलाल शर्माले सहकारीले वचत सँगै सामाजिक दायित्व पुरा गरेको वताए ।साथै सोही अवसरमा खर्वाङ शाखाका सल्लाहकार शुदर्शन शाक्यले परिवारका सवै सदस्य सिवाइसिमा जोडिन आह्वान गरे ।त्यस्तै रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलले सिंगो सहकारी आन्दोलन अगाडि वढेको सन्दर्भमा सवै सहकारी वास्तविक सहकारी हुन नसकेको औल्याउँदै सहकारी बैंक जस्ता भएको टिप्पणी गरे ।कार्यक्रममा खर्वाङ सेवा केन्द्रका सचिव हरिषचन्द्र खरेलले भावि कार्यक्रम सहित प्रगति प्रतिवेदन र सेवा केन्द्र प्रमुख विष्णुहरी आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा नियमित वचतकर्ता सुन कुमारी शाक्य, असल कारोवारकर्ता ज्योती पोखरेल, असल वालवचत कर्ता सिर्जन खरेल, उद्यमी सुनिता केसि र ओमकलि सलामी र असल सदस्य होमनाथ अर्याललाई सम्मान गरिएको थियो ।कार्यक्रम सेवा केन्द्र खर्वाङका संयोजक धन वहादुर वुढाको अध्यक्षता उपसंयोजक जमुना श्रीसको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने सिवाईसी लघुवित्त शाखा खर्वाङका प्रमुख सुवास नेपालीले गरेका थिए ।