२० वर्ष शासन गर्छु भनने सरकार २ वर्ष नपुग्दै सरकार धरासायी भएको गजुरेलको टिछिप्पणी

प्रकाशित मिति:

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय अध्यक्ष सिपी गजुरेल गौरवले कम्तिमा २० बर्ष शासन चलाउछु भन्ने नेकपाको सरकार २ बर्ष नवित्दै धरासायी भएको बताउनुभएको छ । नवलपरासीको कावासोतीमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका पहिलो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहांले यो सरकारले लगाएका अस्वभाविक करहरुको विरुद्ध जनता आफै आन्दोलनमा उत्रिएकोले यो सरकार आफै धरासायी भएको बताउनुभयो । उहाँले जनताको पक्षमा लाग्न अरु कसैले आन्दोलन नथालेपनि देशभक्त जनगणतान्त्रिक मोर्चाले आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

पिताम्बर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले प्रचण्डले नेकपा माओवादी केन्द्र पार्टीलाई नेकपा एमालेमा विलय भएको आरोप लगाउंदै एमालेमा विलय हुन नचाहाने माओवादी केन्द्रका नेता कार्यकर्ताहरु नेकपा क्रान्तिकारी माओवादीमा आउन चाहेको दावी गर्नुभयो । अध्यक्ष गजुरेलले गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र र नेत्र विक्रम चन्द विप्लप नेतृत्वको पार्टीसंग एकताका लागि छलफल भईरहेको बताउनुभयो ।कार्यक्रममा प्रदेश सेक्रेटरी श्याम, जिल्ला इन्चार्ज एवम् प्रदेश सहसेक्रेटरी अशोक लम्साल अनुकुल, हरिहर गजुरेल, उत्तम थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम टिकाराम काफ्लेको सञ्चालनमा भएको थियो ।यसैबीच देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको  प्रथम जिल्ला सम्मेलनले पिताम्बर तिवारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।कमिटिको उपाध्यक्षमा गीतामाया पाण्डे, सचिवमा कल्पना विन्दु गौतम, कोषाध्यक्षमा यमबहादुर सोमै सर्वसम्मत चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा मनोहर केसी, लोकबहादुर कुमाल, सुशिल रानाभाट, होमबहादुर कुमाल, शोभा जिसी, शिवबहादुर दराई, शिवराज महतो, ऋषिराम विक, मित्रलाल गुरुङ, नन्दलाल श्रेष्ठ, मणि न्यौपाने, चन्द्री घर्ति मगर, लोकबहादुर क्षेत्री, टेकबहादुर राना लगायत रहनु भएको छ ।कावासोतीमा भएको सम्मेलनको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय अध्यक्ष सिपी गजुरेल गौरवले उद्घाटन गर्नुभएको थियो ।