गुल्मी – चाडपर्वको बेला सार्वजनिक सवारी साधानमा यात्रुको चाप बढी हुन्छ । त्यही बेला अन्य समयमा भन्दा वढि दुर्घटनाहरु हुने गर्दछन् ।दुर्घटना न्यूनिकरण गर्न जनचेतनामुलक कार्यक्रमहरु पनि हुन्छन् । यही क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भने सहचालक बनेका छन् । गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फूलमाला लगाएर बिदाई गर्ने क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सहचालक बनेका हुन् ।
तम्घासबाट बुटलवका लागि छुट्ने लु २ ख ५७९ नम्बरको बसमा सीडीओ पौडेल आफैैंले ढोकाबाट बसेर यात्रु चढाएर सुरक्षित यात्राको शुभकामना दिएका थिए । आइतबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्नको लागि सुरु गरेको कार्यक्रममा तम्घासबाट बुटवलका लागि छुट्ने बसका चालक, सहचालक र एकजना यात्रुलाई फुलमालाले सम्मान गरेर सुरक्षित यात्राको शुभकामना दिएर बिदाई गरिएको थियो । चाडपर्वको बेला हर्ष उल्लासले हिड्ने बेलामा दुर्घटना नहोस भन्ने सन्देश दिन चालक, सहचालक र यात्रुलाई जिम्मेवार बनाउन कार्यक्रम सुरु गरिएको बताए । – अनलाइनखबर