बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटप्रति आपत्ति ब्यक्त गरे

प्रकाशित मिति:

बुटवल – आफूलाई भ्रष्टाचारविरुद्धको सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणप्रति पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । डा. भट्टराईले शाहीमाथि गरिएको आक्रमणमा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेकोतर्फ संकेत गर्दै लोकतन्त्रमा भिन्न मत राख्नेलाई पिट्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै डा. भट्टराईले लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्ने बताएका छन् । ‘हिजो मण्डलेले लोतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन ! लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ,’ डा. भट्टराईले ट्वीटर सन्देशमा भनेका छन्, ‘निरंकुशता÷फासिवाद र लोकतन्त्रबीचको मुख्य अन्तर यही हो ! के हाम्रा कमरेडहरु सामाजिक फासिवाददति अन्मुख भएकै हुन् ?’