आइजीपी खनालले सवारी चालकलाई टीका र माला लगाइदिए

प्रकाशित मिति:

काठमाडौं – कार्यक्रमका प्रमुख अतिथि थिए नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल । सडकमा सक्रियहरुको शुभकामना आदानप्रदानका लागि पुग्दा उनलाई फूलमालाले स्वागत गर्न बसेकाहरु थिए । तर, खनालले सडकमा अहोरात्र खटिने चालक र सहचालकहरुलाई टीका र माला लगाइदिए । सडक सभ्यता आम नागरिकको चाहना रहेकाले त्यसमा चालक र सहचालकको महत्वपूर्ण भूमिका हुने भन्दै उनीहरुप्रति निकै सम्मानभाव प्रकट गरे ।

टीका र माला आइजीपीको हातबाट लगाएपछि चालक र सहचालक फुरुक्क भएका थिए । खनालले सडक सभ्यता सबैको चाहना भएकाले यसका लागि सबैले आ आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताए । उनले दशैंको शुभकामना व्यक्त गर्दै सार्वजनिक स्थानको सभ्यता कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

थप समाचार