प्रमोद खरेलको ‘ज्यानमाया’ बजारमा

प्रकाशित मिति:

काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’का कोच एवं गायक प्रमोद खरेललको नयाँ गीत ‘ज्यानमाया’ बजारमा आएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गरिएको ‘ज्यानमाया’मा अञ्जली अधिकारी प्रमोदकी ‘ज्यानमाया’ बनेकी छन् । दसैंको पुर्वसन्ध्यामा सार्वजनिक भएको यस गीतले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको छ । लोकाधुनिक शैलीको यो गीत उनका अघिल्ला गीतहरू जस्तै नाच्ने नचाउने डान्सिङ प्याटर्नको गीत हो । चाडबाडमा नाच्ने गाउने माहोल हुने भएकोले यस्ता गीतहरूको माग बढी हुने गायक खरेल बताउँछन् ।

‘ज्यानमाया’मा शब्दसँगै संगीत पनि नृपेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् । ज्यानमायाको म्युजिक भिडियोमा अञ्जली अधिकारीको साथमा हिमांशु कार्की पनि देखिएका छन् । पछिल्लो समय अन्जलीको चर्चा ‘गलबन्दी’ गीतमा कारण निकै चुलिएको छ भने हिमांशु टिकटक स्टार हुन् । म्युजिक भिडियोको अन्त्यमा स्वयं गायक प्रमोद खरेल पनि देखिएका छन् । प्रविण थापाको निर्देशनमा बनेको ‘ज्यानमाया’को भिडियोलाई, बासु बरालको छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ । खुसी इन्टरटेनमेन्टको प्रस्तुति ‘ज्यानमाया’ ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो ।