नेप्सेमा गिरावटभारत बन्यो यू-१८ फुटबलको नयाँ च्याम्पियन

प्रकाशित मिति:

काठमाडौं – साफ यू–१८ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ । आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको फाइनलमा भारतले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । लगातार २ पटकको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिएपछि तेस्रो संस्करणमा भारतले उपाधि उचालेको हो ।

भारतलाई जीत दिलाउन बिक्रम प्रताप सिंह र रविबहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले हराएको थियो ।