लुम्बिनी प्रादेशिक अस्पतालको डाइग्नोष्टिक भवनको शिलान्याश

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल  – बुटवल  स्थीत लुम्बिनी प्रादेशीक अस्पतालमा बन्न लागेको नयाँ डाईगेनिष्टक भबनको आइतवार शिलन्यास गरिएको छ । १८ करोडको लागनीमा बन्ने उक्त भवनको आईतबार एक कार्यक्रमका बीच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले शिल्यनास गरेका हुन ।पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरिय सेवा पाउने विश्वास लिएको छ ।

नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निमार्ण सेवा प्रालीले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेन डा. कृष्ण खनालले बताए ।

५ तला सम्म बनाउन सक्ने भबनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरी २ तले भबन २ बर्ष भित्र बन्ने सम्झौतामा उल्लेख छ । प्रदेश नं. ५ सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तर बृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनिति छ । त्यहि अनुरुप नयाँ नयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालले छ्टिै डायलासिस सेवा समेत सुरु हुन लागेको बताए ।