डुंगा र्दुघटनाका २१ अझै अज्ञात

प्रकाशित मिति:

काठमाण्डौ– रौतहटको लालबकैया नदीमा शनिबार डुंगा पल्टिँदा हराइरहेका २१ जनाको अवस्था अझै अज्ञात रहेको रौतहट प्रहरीले जनाएको छ। डुंगामा करिब ३० जना यात्रारत रहेको मा केही भने सम्पर्कमा आएकाछन् । प्रहरीका अनुसार हराइरहेकाहरुको हाल नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।

नदीमा बाढी आएकोले खोजीकार्यमा केही समस्या देखिएको छ। वर्षातको समय भएको भएर नदीमा पानीको मात्रा र बहाव पनि बढी छ। अहिलेतीन वटै तहका सुरक्षा अंग खोजीकार्यमा जुटिरहेकाछन् ।
बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगा लालबकैया नदीमा शनिबार बेलुका पल्टिएको हो।