शिक्षण अभ्यास पाठ्यांश सम्बन्धि प्रवोधिकरण गोष्ठी बुटवलमा सम्पन्न

प्रकाशित मिति:

बुटवल, भाद्र । त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकाय अन्र्तगत चारवर्षे वि.एड कार्यक्रम अन्र्तगत चौथो वर्षमा अनिवार्य विषयका रुपमा अध्यापन हुने शिक्षण अभ्यास पाठ्यांश सम्बन्धि प्रवोधिकरण गोष्ठी शनिवार बुटवलमा सम्पन्न भएको हो । प्रदेश ५ का शिक्षा शास्त्र संकायमा अध्यापन गर्ने एक सय क्याम्पसबाट २ सय ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो । गोष्ठीमा मुख्य प्रशिक्षक विषय विज्ञ सह–प्रा.चन्द्रबहादुर श्रेष्ठले गर्नु भएको थियो । त्रिभुवन विश्व विद्यालयका (डीन) सह–प्रा.कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा (सहायक डीन) डा. वौबालाल शाह, सह–प्रा.चन्द्रबहादुर श्रेष्ठ, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह–प्रा.डा.शखिशरण सुवेदी, बुटवल बहुमुखी क्याम्पसका अभ्यास शिक्षण विभागिय प्रमुख नारायण पन्थ लगाएतले बोल्दै तालिमले शिक्षण पेशामा अझ निखारता ल्याउने बताएका थिए । उनिहरुले पुरानो शिक्षण पद्धतिलाई परिमार्जन गरि नयाँ शिक्षण विधि अपनाउनु पर्नेमा जोड दिएका थिए । त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय काठमाण्डौंको आयोजना र सह–आयोजक बुटवल बहुमुखी क्यामपसको रहेको सो कार्यक्रममा धन्यवाद नारायण बेल्वासेको रहेको थियो ।