पौडि खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गयो

प्रकाशित मिति:

बुटवल –बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबास बस्ने ११ बर्षिय सोभिन अर्याल रहेका छन् ।आज दिउसो घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक अर्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टम पश्चात दाहसंस्कारकालागि सब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।