बर्दघाट नगरपालिका लगाएत आसपासका क्षेत्रहरुमा सरसफाई गरिदै

प्रकाशित मिति:

बर्दघाट-हिन्दुहरुको महान पर्व बडा दशै नजिकिदै गर्दा बर्दघाट नगरपालिका लगाएत आसपासका क्षेत्रहरुमा विभिन्न संघ सस्थाको आयोजनामा सरसफाई लगाएतका कार्यक्रमहरु सम्पन्न भएका छन । यसैबीच, आइतबार बर्दघाट ववडा नम्बर ४ को आयोजनामा टिसियन चोक देखी बर्दघाट बजारसम्म सरसफाई गरिएको हो ।

वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा बर्दघाट नगर प्रमुख धिरज शार्म बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा टोल विकास सस्थाका पदाधिकारी, आमा समुह, युवा क्लब, विभिन्न संघ सस्थाका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रहरी जवानहरु, ट्राफिक प्रहरी लगाएत स्थानियबासीको सहभागिता रहेको थियो ।