बिपि विचारको क्षेत्र र नगर समिति विस्तार

प्रकाशित मिति:

बुटवल ।  बिपि विचार राष्ट्रिय समाज रुपन्देहीले क्षेत्रिय र नगर समिति गठनलाई तिब्रता दिएको छ । सोहि नीति अनुशार आईतबार विवि विचार समाज क्षेत्रिय समिति क्षेत्र न ५ को कार्य समिति विस्तार गरेको छ । साथै सैनामैना नगर समितिले पनि पुर्णता पाएको छ । समाजका जिल्ला अध्यक्ष शरद भट्टराई सहितको जिल्ला नेतृत्वले क्षत्रिय समिति र नगरसमितिलाई विचार गरेको हो ।  यस अघि नै चयन भैसकेकाका क्षेत्रिय सभापती रण बहादुर खनालले कार्य समितिलाई पुर्णता दिएको जानकारी दिए । जस अनुशार समितिको उपसभापतीमा अशोक गोसामी, सचिवमा चुडामणी पौडेल , कोषाध्यक्षमा अब्दुल करिम र सहसचिवमा राजेन्द्र यादव चयन भएका छन् ।
त्यसैगरि क्षेत्रिय समितिका सदस्यहरुमा चन्द्र ब. राना,रोशन थापा, तुल्सा भुषाल, सुख्खु मल्लाह, गिता पौडेल, कोल ब. क्षेत्री,खेम ब सुनार,मञ्जु न्यौपाने रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा सखिल मुसलमान, विष्णु पाण्डे रमा गौतम, लक्ष्मण श्रीस, नारायण अर्याल ,चन्द्रीका प्रसाद वि.क.शशि सापकोटा, यम बहादुर थापा रहेका छन् ।
त्यसैगरि यस अघि नै मनोनित सैनामैना नगर सभापती कृष्ण प्रसाद पोख्रेलले पनि आफ्नो कार्य समिति विस्तार गरेको जानकारी दिएका छन् । नगरसमितिको उपसभापतीमा दामोदर ढकाल, सचिवमा चुरामणी भुषाल, कोषाध्यक्षमा टिकाराम न्यौैपाने र सहसचिवमा हरी गौतम चयन भएका छन् । समितिको सदस्यहरुमा भोजराज पाण्डे, दुर्गा थापा, पिताम्बर ज्ञवाली, क्यूवहादुर हमाल, शर्मिला सुनार, माधव भट्टराई, शारदा पोखेल, रुपा खनाल, ईश्वर तिवारी, लखन चौधरी,युवराज पाण्डे, धनराज चौधरी, हिरालाल पौडेल र लाल बहादुर विश्वकर्मा रहेका छन् । समिति विस्तारका क्रममा समाजका जिल्ला अध्यक्ष शरद भट्टराई, सल्लाहकार हरि न्यौपाने, विष्णु पोख्रेल, जिल्ला सचिव कृष्ण पोख्रेल लगायतले विपिको विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउनका लागि यो संगठनवाट महत्वपुर्ण भुमिका रहने बताएका थिए ।