कांग्रेस नगर समितिको वैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगर समितिको वैठक सम्पन्न भएको छ । बैठकले पार्टिको विधान अनुशार भर्खर चयन हुनु भएका प्रदेश समितिक पदाधिकारीहरुलाई वधाई ज्ञापन गरेको छ ।त्यसैगरि जागरण अधियानमा केन्द्रिय प्रतिनिधिका रुपमा खटिएका प्रतिनिधिहरुप्रति कृतज्ञता व्यक्त गरिएको नगर सचिम ज्योती भण्डारीले बताए । नगर सभापती खेलराज पाण्डेको अध्यक्षतामा भएको वैठकमा दोस्रो चरणको जागरण अभियानमा खटिएका सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । हालै नेपाली कांग्रेस क्षेत्र न २ को क्षेत्रिय सचिमा चयन हुनु भएका हरि लम्शाल, क्षेत्र न ३ मा चयन हुनु भएका मातृका यादव, क्षेत्र २ प्रदेश क को क्षेत्रिय सभापती माधवलाल देवकोटा तथा क्षेत्र २ ख को क्षेत्रिय सभापतीमा निर्वाचित परशुराम ढकाल,तथा क्षेत्र ३ प्रदेश ख को क्षेत्रिय सभापती कृष्ण विष्टलाई बधाई ज्ञापन गरिएको हो ।