विदेशमा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘भारत’

प्रकाशित मिति:

काठमाडौँ –यस वर्षको इदमा प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान र कटरीना कैफ स्टारर फिल्म ‘भारत’ कमाईको मामलामा सबैभन्दा अगाडि देखिएको छ । अली अब्बास जफर द्वारा निर्देशित यो फिल्मले भारतभन्दा बाहिरबाट १०।७१ मिलियन डलर अर्थात् ७५ करोड ९९ लाख कमाएको ‘टाइम्स अफ इन्डिया डट इन्डियाटाइम्स डट कम’ को रिपोर्टमा उल्लेख छ । फिल्ममा सलमानले जवान र अर्धबैशे पुरुषको भूमिका निभाएका थिए ।

‘भारत’ ले जब भारतमा सय करोडको व्यापार गर्‍यो तब फिल्म र व्यापार विशेषज्ञ तरण आदर्शले भनेका थिए, ‘यो सलमान खानका लागि एकपछि अर्को १४ सतक बनेको छ ।’ सलमानको अहिलेसम्मको करिअरमा १४ फिल्मले सय करोडको आँकडा पार गरेका छन् । ‘भारत’ पछि विदेशमा सर्वाधिक कमाउने फिल्मको सूचीमा जोया अख्तरको फिल्म ‘गली ब्वाई’ सामेल छ । विदेशमा फिल्मले ७२ करोड ७३ लाख कमाएको छ ।अभिनेता विक्की कौशलको जोश भारतभन्दा बाहिर पनि देख्न मिलेको छ । उनको फिल्म ‘उरी स् द सर्जिकल स्ट्राइक’ यो सूचीको तेस्रो नम्बरमा छ । फिल्मले देशभन्दा बाहिर ५२ करोड ९२ लाखभन्दा बढिको व्यापार गरेको इन्डियाटाइम्सको रिपोर्टमा उल्लेख छ । आश्चर्यजनक कुरा यो छ कि करण जोहरको फिल्म ‘कलंक’ यो लिस्टको चौथो नम्बरमा छ । फिल्मले ५० करोड ८७ लाख विदेशबाट कमाएको छ । यो फिल्म भारतमा फ्लप भएको थियो ।

पाचौं नम्बरमा विदेशबाट ५० करोड ३८ लाख कमाएर अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ छ । यसपछि नाम आउँछ अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ को, जसले विदेशमा ४९ करोड ३१ लाख छापेको छ । ४६ करोड ३३ लाख कमाउँदै सातौं नम्बरमा ‘टोटल धमाल’, ३६ करोड ८२ लाखसहित ‘सुपर ३०’ आठौं नम्बरमा, नवौं नम्बरमा ३३ करोड २ लाख कमाउँदै ‘बदला’ छ भने २४ करोड ८३ लाखको व्यापारसहित दशौं नम्बरमा ‘छिछोरे’ छ ।