एनआइसी एसिया बैंकको शाखा भण्डारामा

प्रकाशित मिति:

एलिसा कुँवर  / चितवन –  एन आइ सी एशिया बैकले आज देखी चितवनको भण्डारामका औपचारीक रुपमा नयाँ शाखा बिस्तार गरेको छ । बैकले आज एक कार्यक्रमको आयोजना गरी बैकको भण्डारा स्थित शाखा कार्यलयको उद्घाटन समेत गरेको छ ।  राप्ती नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाईले आज बैकको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भयो । उद्घाटन गर्दै उहाँले बैक तथा बित्तिय सस्था सहरी केन्द्रित मात्र नभइ गाउँ बस्तीमा पुगेर पनि सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । उहाँले देशका हरेक ग्रामीण भु–भागमा बैक तथा बित्तिय सस्था जाने गरेको बताउदै एन आइ सी एसिया बैकले सेवा सञ्जाल पु¥याउन सकेकोमा शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै बैकका चितवन क्षेत्रिय प्रमुख विश्व पौडेलले एन आइ सी एसीया नेपाल सरकारबाट क बर्गको इजाजत प्राप्त गरेको र नेपालकै सबैभन्दा ठुलो बाणिज्य बैक रहेको बताउनु भयो ।

उहाँे बैकले ३०० भन्दा बढी शाखा सञ्जाल बिस्तार गरिसकेको बताउनु भयो ।  बैककले आज मात्रै पश्चिम चितवनको चनौली बजार सँगै भण्डारामा एकै दिनमा दुइ वटा शाखाको शुभारम्भ गरेको उहाँका भनाई छ ।  यसैबिच बैकले भाली असोज १३ गते चितवनको सौराहामा थप शाखाको शुभारम्भ गर्ने बैकका टाँडी शाखा प्रमुख बिप्लव राउतले जानकारी दिनु भयो । उहाँले भोली रत्ननगर नगरपालीकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा बैकको सौराहामा शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।  बैकका भण्डारा शाखा प्रमुख राम प्रसाद बस्यालको संचालनमा कार्यक्रम भएको थियो ।