चिट्ठा परेका १ हजारले भाषा परीक्षा दिन पाउने, ६० प्रतिशतभन्दा बढी ल्याए मात्र पास

१३ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाडौं- एकैचोटि ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापानले नेपालबाट कामदार लैजान सुरुमा चिट्ठा हाल्ने भएको छ । चिट्ठा अर्थात् गोलाप्रथाबाट छानिने १ हजार इच्छुक कामदारले भाषा परीक्षा दिन पाउने भएका हुन् ।जापान फाउन्डेसनले यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’लाई आधार मानेर सुरुमा आवेदन भर्ने १ हजारलाई भाषा परीक्षा दिन पाउने व्यवस्थाको तयारी गरेको थियो । तर अहिले त्यसलाई परिवर्तन गर्दै गोलाप्रथाबाट छानिने १ हजारलाई भाषा परीक्षा दिन पाउने मौका दिएको हो ।जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय कामका लागि जापानी दूतावासले जापान फाउन्डेसनलाई जिम्मेवारी दिएको छ । परीक्षामा गोलाप्रथाबाट छानिन सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म फर्म भर्नु पर्नेछ ।त्यसपछि गोलाप्रथाबाट छानिएका हजार जनालाई फाउन्डेसनले इमेल गर्नेछ । परीक्षा दिनका लागि छानिएका १ हजार जनाको अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा तथा नोभेम्बर ५ देखि ७ मा दोस्रो र नोभेम्बर १२ देखि १४ सम्म तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।परीक्षामा ६० प्रतिशत भन्दा बढी प्राप्तांक ल्याउनेलाई मात्रै पास गरिने र उनीहरु कामदारका रुपमा जापान जान पाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल