बाल र वहुविवाह गर्नेलाई कडा कार्वाही

प्रकाशित मिति:

भैरहवा । सचेत रहौं समाजमा सचेतना फैलाऔं भन्ने नाराका साथ हिमाली सामुदायिक सेवा केन्द्र सिद्धार्थनगरले शनिवार भैरहवामा विभिन्न समुदायका महिलाहरुलाई जुटाएर बाल विवाह र वहुविवाह गर्दा हुने कार्वाहीका बारेमा सचेतना कार्यक्रम संचालन गरेको छ ।
मुलुकमा यहि भदौं १ गतेदेखि लागु भएको नयाँ मुलुकी देवानी तथा फौजदारी कार्यविधी संहितामा बाल विवाह र बहुविवाह सम्वन्धी भएका कानुनी व्यवस्थाहरुका बारेमा सहभागी महिलाहरुलाई जानकारी दिईएको थियो ।
पूर्व न्यायधिश एवं वरिष्ट अधिवक्ता गोपाल प्रसाद पाण्डे (अल्छी)र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका मुद्धा फाटका प्रहरी निरीक्षक उमेश जोशीले विगतको मुलुकी ऐन धेरै परिर्वतन भई अहिले कार्यान्वयनमा आएको संहितामा कडा सजायको व्यवस्था रहेको जानकारीदिएका थिए ।
वरिष्ट अधिवक्ता पाण्डेले नयाँ मुलुकी संहितामा व्यवस्था भएको बाल तथा वहुविवाहका साथै पारिवारीक कानुन विवाह सम्वन्ध विच्छेद, मातृक तथा पैतृक अख्तियारी, संरक्षकत्व, धर्मपुत्र वा धर्मपुत्री सम्वन्धका बारेमा समेत संक्षीप्त जानकारीदिएको सिद्धार्थनगर नगरपालिका नगरसभा बोर्ड सदस्य लक्ष्मी पाण्डेयले बताउनुभयो ।
कानुन जादिन र थाहा भएन भनेर कसैले पनि छुटकरा नपाउने हुदा गृहणी महिलाहरुलाई नया कानुनको बारेमा जानकारी गराउन खुला रुपमा कार्यक्रम आयोजना गरिएको हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्रजंग थापाले बताए । अर्कोतर्फ सक्षम तथा उतरदायी न्यायपालिकाबाट मात्रै मुलुकमा विधिको शासन संचालन हुने र न्यायलयप्रति जनताको विस्वास जाग्ने उनले धारणा राखेका थिए ।
अध्यक्ष थापाको अध्यक्षतामा संचालन तथा समापन्न भएको उक्त कार्यक्रममा वडा एवं नगर बोर्ड सदस्यद्वय लक्ष्मी पाण्डे रामदास हरिजन, वडा सदस्य सविता हरिजनलगायत सिद्धार्थनगर नगरपालिका वडा नम्वर ७, ८ र ९ का विभिन्न उमेर समूहका स्थानिय महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।