आवाज सहकारीले शेयर पुजी र सदस्य संख्या वृद्धि गर्न

प्रकाशित मिति:

बुटवल । रुपन्देही जिल्ला भर कार्य क्षेत्र रहेको बुटवलको आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटडले शेयर पुजी र सदस्य संख्या वृद्धि गर्न लागेको छ । २ करोड शेयर पुजी रहेको यो सहकारीले छिट्टै सेवा केन्द्र विस्तार गर्न लागेको संस्थाका अध्यक्ष बावुराम बन्जाडेले जानकारी दिए । उनका अनुसार वित्तिय पहुच बाहिर रहेका नागरिकहरुलाई सेवा सुविधा दिने उदेश्यले सेवा केन्द्र र सदस्यता वृद्धि गर्न लागिएको हो ।

सहकारीले सामुहिक बैठक तथा नया सहकारी ऐन सम्वन्धी अन्तरक्रिया समेत गरेको छ । संचालक समिति, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु , लेखा समिति संयोजक तथा सदस्यहरु सहभागी वैठकमा सहकारी भावि योजनाको विषयमा छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी वैकका प्रदेश इन्चार्ज नरेन्द्र पाण्डेले सहकारीको नया ऐन बारे जानकारी गराउदै ऐन विधि र सहकारीको मुल्य र मान्यता भित्र संचालन भएका सहकारीले राम्रो प्रगति गरेको बताए । अनुगमनको जिम्मेवारी स्थानिय तहलाई भएकाले सहकारीहरु ऐन विपरित जान नसक्ने बताए । अन्तरक्रियामा रुक्माङगत श्रेष्ठले लेखा प्रणालीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । सहकारीका अध्यक्ष बावुराम वन्जाडे, उपाध्यक्ष जिवन प्रसाद अधिकारी, सचिव वालकृष्ण पाण्डे, लेखा समिति संयोजक डिवि राना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।