जम्मू कश्मीरमा २४ अक्टोबरमा स्थानीय चुनाव हुने

प्रकाशित मिति:

एजेन्सी –  संविधानबाट अनुच्छेद ३७० हटाएपछि जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक चुनाव गरिने भएको छ । जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा गराइनेछ ।

यो चुनावको पहिलो चरणमा २६,६२९ पञ्च र सरपञ्च ब्लक डेभलप्मेन्ट काउन्सिलको अध्यक्षको चुनाव गरिने बताइएको छ । यस दिन प्रदेशको २२ जिल्लामा जिल्ला विकास बोर्डका लागि पनि अध्यक्ष चुनिने छन् । यसअघि सन् २०१८ को नोभेम्बरमा जम्मू कश्मीरको पञ्चायतको चुनाव गराइएको थियो । उक्त चुनावमा नेशनल कन्फ्रेन्स र पीडीपी जस्ता प्रमुख क्षेत्रीय पार्टीले ती चुनावमा भाग लिन अस्वीकार गरेका थिए ।