कांग्रेसले भोलिसम्म २८ विभागको नेतृत्व टुंग्याउने

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसले २८ विभागलाई मंगलबारसम्म पूर्णता दिने गरी छलफल सुरू गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग विभागलाई पूर्णता दिनेबारे आइतबारदेखि छलफल सुरू गरेका थिए। सभापति देउवाले आफ्नो समूहबाट उपसभापति विमलेन्द्र निधिलाई र वरिष्ठ नेता पौडेलले रामशरण महत, बलबहादुर केसी र नवीन्द्रराज जोशीलाई विभाग कसलाई के विभाग दिने भन्नेबारे छलफल गर्न जिम्मेवारी दिएका छन्।

१३ औँ महाधिवेशन भएको चार वर्षपछि कांग्रेसले विभाग बनाउन लागेको हो। ‘भोलिसम्म विभाग गठन गर्ने गरी पार्टीमा छलफल भइरहेको छ,’ एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘आज पनि छलफल जारी छ।’ नेपाल विद्यार्थी संघको तदर्थ समिति पनि गठन गर्नेबारे छलफल भइरहेको ती केन्द्रीय सदस्यले जानकारी दिए।