लियो मिस तीज २०७५को खोजि  

प्रकाशित मिति:

पश्चिम नेपालको प्रतिष्ठित लियो  मिस तीज २०७५ को खोजि प्रारम्भ  भएको छ । आयोजक लियो  क्लब  अफ सैनामैनाले रहेको लियो मिस तीज २०७५ पाँचौं   संस्करणको प्रतियोगिताका लागि आवेदन खुला भएको घोषणा गरेको हो । लियो मिस तिज २०७५ को ग्रान्ड फिनाले भाद्र २५  गते सोमबार  बाबरी  पार्टी प्यालेसमा हुनेछ ।

 

यसपटकको लियो मिस तिजमा २५ जना युवतीबीच प्रतिस्पर्धा हुनेछ । सैनामैनामा आयोजना हुने अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई १ हप्ता लामो प्रशिक्षण प्रदान गरिनेछ । आयोजक संस्थाका अध्यक्ष प्रेम थापाका अनुसार मिस तिजको सहभागिताले नै मात्र पनि धेरै कुरा सिकाउनेछ भने त्यसको प्रशिक्षणले व्यवहारिक ज्ञान एवं सीप विकासमा योगदान पुर्‍याउनेछ।

यसपटकको लियो मिस तिजमा प्रतिस्पर्धा गर्न इच्छुक युवती १८  देखि २४  वर्ष उमेर समूहका, एसईई/दस जोड दुई अथवा सो सरहको अध्ययन पूरा गरेका अविवाहित नेपाली नागरिक हुनुपर्ने माण्डदण्ड छ । यी मापदण्ड पूरा भएका विदेशमा बस्ने नेपाली युवतीले पनि लियो मिस तिजका लागि आफ्नो आवेदन दिन सक्नेछन् ।

 प्रतियोगिताका लागि आइतबार देखि आवेदन खुल्ला गरिने र अर्को हप्ता   अडिसन हुने कार्यक्रम संयोजक श्याम कंडेलले बताए । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर सृस्टि घिमिरेले प्रशिक्षण प्रदान गर्नेछिन् ।