भिजि सुजुकि को डिलर मिट सम्पन्न

प्रकाशित मिति:

सुजुकि मोटरसाईकल तथा स्कुटर को नेपाल का लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स ले सुजुकि नेपाल को डिलर मिट सम्पन्न गरेको छ। काठमाडौ को पार्क भिलेज रिसोर्ट मा ३ दिन सम्म संचालन भएको डिलर मिट कार्यक्रम सौहार्दपुर्ण तरिकाले सम्पन्न गरेको छ। नेपाल भरिका का सम्पुर्ण डिलर हरु संग भलाकुसारि तथा ब्यबसाय प्रबर्द्धन का बिषयमा कम्पनिका ब्यबस्थापन पक्षले एक एक गरि छलफल समेत गरेको छ।साथै डिलर मिट को अबसर पारेर कम्पनिले ८ प्रकारका अवार्ड बितरण गरेको थियो।
सो अबसरमा सुजुकि मोटरसाईकल तथा स्कुटरको आधिकारिक डिलर तुल्सिपुर ले बिक्रि तर्फ नेपाल प्रथम अवार्ड जित्न सफल भएको छ, त्यसै गरि मोटरसाईल बिक्रि तर्फ पनि नेपाल प्रथम अवार्ड जित्न सफल भएको छ। क्रमशस् स्कुटर बिक्रि मा धरान, स्पेयर्स मा भक्तपुर, सर्भिस मा पोखरा, संरचना मा बिराटनगर, समय मा भुक्तानी ग्वार्को ले प्राप्त गरेका छन। बिदेश भ्रमण गर्ने अबसर अन्तर्गत आफ्नो तार्गेट को १२५५ बिक्रि गर्ने मा बर्दघाट, बुटवल, तुल्सिपुर, महेन्द्रनगर, ग्वार्को, जोरपाटि, उर्लाबारि, जनकपुर, बिरगंज ले प्राप्त गरको भिजि अटोमोबाईल्स का क्षेत्रिय बिक्रि प्रबन्धक धनिराम भुसाल ले जानकारि दिए।
पुरस्कार को बितरण भिजि अटोमोबाईल्स का सहायक प्रबन्धक धिरज भट्टराई ले प्रदान गर्नु भएको थियो।
सुजुकि नेपालको बैदेशिक भ्रमण को अवार्ड प्राप्त गरि सके पछि को अनुभव साटासाट गर्दै बुटवल तथा बर्दघाट सुजुकि का संचालक ले आफुहरु को दुख र मिहिनेत लाई कम्पनिले बुझेर नै बैदेशिक भ्रमण मा छनोट गरेर आगामि बर्ष मा बिक्रि तथा बिक्रि पछि को सेवा प्रदान गर्न को निमित्त आफुहरुमा थप हौसला तथा जिम्मेवारी थपिएको जानकारि दिए। साथै प्रदेश न ५ अन्तर्गत का डिलरबाट ०७५र७६ मा ३६०० मोटरसाईकल तथा स्कुटर बिक्रि गर्ने लक्ष्य लिएर अगाडि बढेको समेत जानकारि दिए।