आफ्ना लागि धेरै गरियाे अब राष्ट्रकाे लागि केही गराैंं – विनय अधिकारी

प्रकाशित मिति:

काठमाडौं – गैैैर आवासिय नेपाली संघको अन्तराष्ट्ररिय परिषदका सचिव पदका दावेदार विनय अधिकारीले एनआरएनएमार्फत मातृभुमि नेपाल र नेपालीको लागि केही गर्नकै लागि आफूले सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले एनआरएनए धनिको मात्रै होइन सबैको बनाउनुपर्ने कुरामा जोड दिँदै एक जना एनआरएनएसँग एक डलर संकलन अभियान सञ्चालन गरी देशको विकासमा सबैको सहभागिता बढाउने योजना अगाडि सारेका छन् ।

उनले भनेका छन् – एक प्रवासी नेपाली सँग कम्तीमा एक डलर लगानी गर । एनआरएनएले यस आयोजना अघि बढाउँछ भन्ने हो भने स्वत ठुलो धनरासीको लगानी गर्न हामी सक्षम हुन्छौं । सीप, दक्षता, ज्ञान र अनुभव जस्ता कुराहरु जत्ति खर्च गर्यो उति फैलिएर जान्छ । युकेमा विगत लामो समयदेखि कार्यरत अधिकारी गैरआवासीय नेपालीले कुरा गरे जत्ति काम गर्न नसकेका बताउँछन्। जसका कारण एनआरएनए प्रति स्वदेशी नेपालीहरु सकारात्मक हुन नसकेका उनको तर्क छ । उनी भन्छन् यसलाई चिर्ने भनेको हामीले कामबाटै हो । बेलायतबाट गैर आवासीय नेपाली अभियानमा आवद्ध अधिकारी सञ्चारकर्मी पनि हुन्। एपी वान टेलिभिजनको लागि अन्तराष्ट्रिय ब्युरोसमेत रहेका अधिकारले बेलायतबाट न्यूज ट्वान्टी फो नामक अनलाइन पनि सञ्चालन गर्दै एनआरएन अभियानमा सहयोग पुर्याएका छन्।

उनले एनआरएनलेले गरिरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्ले हरेक बर्ष बिषयगत समिति बनाउने गरेको छ । तर, ति समितिका सदस्यहरु एक पटक पनि वैठक बस्न सकेको छैन । नेपालमा जाने र नेता भेट्नका लागि समिति बनाइएको जस्ता भान हुन थालेको छ । जे जति समितिहरु बनाइन्छन । ति सवैलाई चलायमान बनाऔं । अधिकारी अगाडि थप्छन् काम गरौं, हामी विदेशका रहेका प्रवासी नेपालीहरु मेहनति भन्ने कुरामा कुनै शंका छैन । अव पालो डेलिभर गर्ने बेला आएको छ । हामीले हाम्रालागि धेरै गयौं अव मातृभूमिका लागि केही गरौं र हाम्रा एनआरएनए राम्रो एनआरएनर बनाऔं सबैमा अनुरोध ।

१. संस्थालाई सबै नेपालीको अपनत्व महशुस गराउने, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहीतको लागि एनआरएनलाई समर्पित गर्ने,

२. एनआरएन धनीको चन्दाले हैन गरीबको पसिनाले चलेको छ भन्ने कुराको पुष्टि गर्न अभियान सञ्चालन गर्ने

३. अर्थतन्त्रको एक तिहाई भाग रेमिटेन्समार्फत योगदान गर्ने मध्यपूर्वबाट संघर्ष गर्नेलाई साथ दिने

४. मजदूरहरुको सामाजिक सुरक्षाको मुद्दा उठान गर्ने, सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गर्न ।

५ . दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउँमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने

     विनय अधिकारी
                          एनआरएन आइ सि सि सचिब पदका प्रत्त्यासी                                                                            मुलखबर बाट