जेल भित्रै महिला कैदीबन्दीलाई प्याड बनाउने तालीम

प्रकाशित मिति:

जनकपुरधाम –  महोत्तरीको जलेश्वर कारागारमा महिला कैदी बन्दीहरुलाई पुनः पैड बनाउने सोमबारदेखि तीन दिने तालीम (प्रशिक्षण) प्रारम्भ भएको छ। महोत्तरी कारागार जलेश्वरको आयोजनामा सुरु भएको तीन दिने महिनावारी जागरूकता कथा पुनः प्रयोग्य प्याड बनाउने तालीमको आज (सोमवार) उद्घाटन गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले यो चेतनामुलक कार्यक्रमले महिला कैदी बन्दीको आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बनाउनुका साथै सिप र नेतृत्व विकास समेतमा सहायकसिद्ध हुने बताउनु भयो । उद्घाटन सत्र लगतै आइताबारदेखि तीन दिनसम्म उक्त तालीम संचालन हुने कारागारका जेलर कन्हैया मिश्रले न्यूज २४ लाई जानकारी दिएका हुन् ।तालीमको लागि प्याड बैंक र सोचनेपालको सहकार्यमा तालीम प्राप्त प्रशिक्षकसहित पाँच जना कैदी जीवन बिताइरहेका युवतीहरुलाई कारागारभित्र प्याड बनाउने विधि र तरिका सिकाउन लागेको जेलर मिश्रले बताए ।

श्रीनु झा मुख्य प्रशिक्षक रहेको उक्त टोलीमा स्वीटी चौरशिया, नेहा वर्मा, रश्मि कर्ण र पुष्पा पाण्डे रहेकि छीन् । मिश्रका अनुसार कैदी बन्दीहरुले महिनावारीको बेला आफैले बनाएको प्याड आफू स्वयंले प्रयोग गर्ने र बढी उत्पादन गर्न सके बाजारमा समेत विक्री गर्ने योजना रहेको बताएका हुन् । यस अघि महिला कैदी बन्दिहरु जेलभित्र मुढा बनाएर समेत विक्री वितरण गर्दै आएका छन् । तालीमको उद्घाटनमा महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, जलेस्वर नागरपालिकाकी उप प्रमुख मुनचुन देवी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेस्वर मंडलसहितका व्यक्तिको उपस्थिति रहेको थियो।अहिले जलेस्वर कारागारमा २० जना बढी महिला कैदी बन्दी छन् ।