कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

प्रकाशित मिति:

धादिङ –  बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ बांदरेमोड स्थित पृथ्बी लोकमार्गमा आज सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाण्डौतर्फ आउदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जादै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बस्ने सिन्धुपालचोक जिल्ला निवासी २९ वर्षिय राजिब गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नाउव उपरिक्षक रुपक खड्काले बताउनुभयो । मोटरसाइकल चालक ईलामका ३० वर्षिय मिलन राईलाई उपचारको लागी राजमार्ग अस्पताल मलेखु भर्ना गरिएको छ ।