गण्डकी विकास बैंक अब तुलसीपुरमा पनि

प्रकाशित मिति:

गण्डकी विकास बैंकले दाङ्गको तुलसीपुरमा  शाखा सञ्चालनमा ल्याएको छ । यस संगै बैंकको ७३ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले बताउनु भयो ।  यस संगै बैकका ७३ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ ।बैंकले आ.व. २०७४÷७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु.२० अर्ब ०६ करोड पुयाएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।