लिस्नुका विरुद्ध जुएफसी ३– १ ले विजयी

प्रकाशित मिति:

रुपन्देही –३३ औं झरना रनिङ सिल्ड नकआउट फुटबलको सोमबार भएको दोस्रो चरणको अन्तिम खेलमा जुएफसी जुगेडी ३– १ ले विजयी भएको छ । खेलको २३ औं मिनेटमा जुएफसीका सन्त गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रसरता दिलाएका थिए । त्यस्तै खेलको ३६ औं मिनेटमा अर्का खेलाडी रन्जन पुनले दोस्रो गोल गरेपछि जुएफसी जितको नजिक पुगेको थियो । खेलको दोस्रो हाफमा रन्जनले पुन  एक गोल गरेपछि जुएफसीको जित निश्चित जस्तै भएको थियो ।

तर खेलमा हार नमानेको लिस्नुका तर्फबाट खेलको ६१ औं मिनेटमा रमेश बर्तवालले एक गोल फर्काएका थिए । तर यो नै लिस्नुको पहिलो र अन्तिम गोल बन्यो । खेल जुएफसीको पोल्टामा पर्यो । तिलोत्तमा नगरपालिका–६ कुञ्जालापुर स्थित उमा आधारभूत विद्यालयको मैदानमा जारी प्रतिष्पर्धामा जुएफसीका रोशन रानामगर म्यान अफ द म्याच घोषित भए ।यो संगै दोस्रो चरणका सम्ूर्ण खेल पनि सकिएका छन् । मंगलबारबाट सुरु हुने सेमिफाइनलको पहिलो खेलमा सिम्रिक युवा क्लब र योङस्टार एफसी मडाहा भिड्ने आयोजक झरना स्पोर्टस क्लबका सचिब मोहनसिंह रानाले जानकारी दिए । झरना स्पोर्टस क्लबको आयोजनामा असोज २ गतेदेखि जारी खेलमा १६ टिम सहभागी भएका छन् ।