घुस लिएको अभियोमा एसपी पक्राउ

१३ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
47 Shares


रुपन्देही– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोमा एक जना प्रहरी नायव निरीक्षक एसपी लाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।बीमा सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया