कान्तिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल/कान्ति माध्यमिक बिद्यालय बुटवलमा बिजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवलको शैक्षिक बिकासमा कान्ति माबिको योगदानको चर्चा गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रको पुर्वाधार बिकासमा ध्यान दिनुपर्ने बताए ।

मुलुक संघियतामा प्रबेश गरेसँगै शिक्षाको बिकासका लागि पुर्वाधार तयार गर्ने जिम्मा प्रदेश सरकारको रहेको र त्यसको ब्यबस्थापनको जिम्मा स्थानिय तहको रहेको बिषयमा प्रदेश सदस्य श्रेष्ठले चर्चा गरेका थिए । लुम्बिनी बौद्ध बिश्व बिद्यालयका रजिष्ट्रार तिलक आचार्यले कान्ति माध्यमिक बिद्यालयले अव स्नातक र स्नातकोत्तर कक्षा संचालन गर्न तर्फ अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा वडाध्यक्ष टंकप्रसाद पराजुली, बिद्यालयका अध्यक्ष हेमानन्द शर्मा, प्राचार्य गोबिन्द ज्ञवाली, सहप्राचार्य चुडामणी पौडेल लगाएतले बुटवलको शैक्षिक बिकासमा कान्ति माबिको योगदानको बारेमा चर्चा गरेका थिए ।