अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

प्रकाशित मिति:

काठमाडौं – विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ ।समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ७-० गोलको हार ब्यहोरेको थियो ।तर दोस्रो खेलमा भने उत्कृष्ट पुनरामगन गर्दै चाइनिज ताइपेलाई २-० गोलअन्तरले पराजित गरेको थियो । अष्ट्रेलिया र जोर्डनविरुद्ध पनि राम्रो नतिजा ल्याउने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाली टिम – गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ रञ्जित धिमाल, सुमन अर्याल मिडफिल्डर : सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द फरवार्ड : विमल घर्तिमगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ ।