संविधानको जग कांग्रेसले बसाल्यो, घर र तल्ला थप्ने जिम्मा पाएकाअरुले काम गर्न जानेनन् : कांग्रेस नेता थापा

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – नेपाली काँगे्रसका युवा नेता गगन कुमार थापाले संविधानको जग काँगे्रसले बसाल्यो तर घर बनाउने जिम्मा कम्युनिष्टलाई दिएकोमा आज घर बनाउने र तला थप्न नजान्दा जग नै भत्काउन लागेकोले खतरा बढ्को बताए । गुल्मीको धुर्काेट गाँउपालिका वडा नं. ३ नेपाली काँगे्रस वडाकार्य समिति हाडहाडेले आयोजना गरेको बहृत आमसभा तथा साँस्कृतिक कार्यक्रममालाई सम्बोधन गदै सोमवार नेता थापाले यस्तो बताएका हुन । साथै युवा नेता थापाले जनताले ५ बर्ष घर बनाउने जिम्मा कम्युनिष्टलाई मत दिएकाले काँगे्रसको जिम्मा भनेको सरकारको छेउमा बसेर राम्रो काम गरे ताली बजाउ यदि काम नगरेको खबरदारी गर भनेको बतादै नेपालको संविधानमा स्थानीय देखि संघीय अधिकारका कुरा लेखिएको हुदा काठमाण्डौ जस्तै समान अवसर अव गाँउ­ गाँउमा पुग्नु पर्ने बताउदै संविधानको रक्षा गर्ने जिम्मा काँगे्रस भएको बताउदै हाम्रो संविधान नेपाललाई विकासको अर्को चरण पु¥याउन प्रयाप्त रहेको बताए ।

साथै काँगे्रस नेता थापाले पार्टी प्रवेशको शुरुवात मात्र भएको अव पार्टी प्रवेश रोकिदैन र रोकिनु पनि हुन्न भन्दै यो क्रमले पार्टीभित्र साथीहरुको उपस्थिति बढ्दै जाने र काँगे्रस पार्टी थप बलियो हुने र काँगे्रसको धन्सार भरिदै गएको बताए । साथै नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले देशमा लगानी असुरक्षित बन्दै गएको बताउदै यति बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । साथै उनले कम्युनिष्ट पार्टीको विचार नभएको आरोप लगाउदै देमा रेल र पानीजहाज चाहिन्छ तर खुतरुकीमा पैसा कहाँबाट आउछ भन्दै प्रश्न गरे साथै उनले भने देशमा काँगे्रस अझै जिउँदै भएको भन्दै सरकार तानाशाही बनी अगाडी बढ्न थालेकोले अव हाम्रो लडाई तागत भनेको जनताले देखाउने बताए ।

साथै नेता थापाले संविधानको रक्षागर्ने जिम्मा काँगे्रसको भएकाले अव काँगे्रसले अन्याय अवस्थालाई बदल्न र जनताहरुमा समान अवसर प्रदान गर्नका लागि काँगे्रस पार्टी बनेको बताए । साथै उनले एउटा नेपाली आफ्नो स्वास्थ्य उपचार गर्नका लागि घरखेत बेच्नु पर्ने अवस्था भएकोले सहज रुपमा कम खर्च मै स्वास्थय उपचार गराउने गरि कानून बनाएको बताए । साथै सांसद थापाले गुल्मी काँगे्रसको अभियानले आज देशभर नै गाँउजाने बाटो देखाएको बताए । साथै सोही अवसरमा नेपाली काँगे्रस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ अर्घाखाचीका पार्टी नेपाली काँगे्रस सभापति बिष्णु मुस्कान, नेपाली काँग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य छन्द बहादुर पहराई,नेपाली काँगे्रस गुल्मीका जिल्ला सदस्य पदम विष्ट,नेपाली काँगे्रस अर्घाखाचीका जिल्ला सदस्य कृष्ण बहादुर परियार, बताए ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायक बिमलराज क्षेत्री,हरि खत्री,गणेश अधिकारी, सुनिल थापा र खुकुरी ब्याण्ड तथा स्थानीय कलाकारको समेत बेजोड साँगितिक प्रस्तुती राखेका थिए । त्यस्तैसोही अवसरमा नेपाली काँगे्रस गुल्मीका पार्टी उपसभापति बिष्णु बलाल, पार्टी सचिव दोय खिलध्वज पन्थी र विष्णुकुमारी सापकोटा,धुर्कोट गाँउपालिकाका उपाध्यक्ष शिब बहादुर खत्री लगायत जिल्ला स्तरका नेतागण तथा पार्टीका भातृसंगठका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अवसरमा विभिन्न पार्टी परित्याग गरि झण्डै १ सय जना कार्यकर्ताहरु नेपाली काँगे्रसमा प्रवेश गरेका थिए । कार्यक्रम आश्विन ११ र १२ गते धुर्कोट गाँउपालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिवल खेल सञ्चालन भएको थियो । कार्यक्रम ध्रुकोट गाँउपालिका वडा नं. ३ नेपाली काँगे्रस वडाकार्य समितिका सभापति तेज बहादुर बोहोराको अध्यक्षता तथा नेपाली काँगे्रसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता एवं वडाकार्य समितिका उपसभापति छविलाल काउछाको स्वागत मन्तव्यसँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने दोय लोकदोहोरी प्रतिष्ठान गुल्मीका सचिव एवं सञ्चारकर्मी भुवन भूषाल र समाजसेवी युवा कमल बोहोराले गरेका थिए ।