भीरकोटले २९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरीक दिवस वृहत निःशुल्क स्वास्थ्य शिविर गरी मनायो

प्रकाशित मिति:

एशिव शरण महत/स्याङ्जा – भीरकोट नगरपालिका नगरकार्यपालिकाको आयोजना र यूवा चिकित्सक संघ नेपालको प्राविधिक सहयोगमा भीरकोट नगरपालिका वडा न ६ खिलुङ् देउराली स्वास्थ्य चौकीमा भीरकोटका जेष्ठ नागरीकलाई विभिन्न रोग सम्वन्धी निःशुल्क स्वास्थ्य चेक जाँच एवम औषधी वितरण गरी दिवस मनाइएको छ ।  २९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा वोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले जेष्ठ नागरीक समाजका ऐना भएको भन्दै अग्रजको सम्मान गर्नु हामी सवैको दायित्व भएको वताउनु भयो ।  वर्तमान समयमा विभिन्न किसिमका रोगहरु हाम्रो घरदैलोमा प्रवेश गरीरहेको अवस्थामा हरेक मानिसले आफ्नो स्वास्थ्य जाँच गराउन पर्ने आवश्यकता रहेको वताउनु भयो ।

जेष्ठ नागरीकहरु स्वास्थ्यको पहँुच वाट वञ्चीत हुन नपरोस र रोगको पहिचान गरी समयमानै औषधी गरी निको होउन भन्ने उद्धेश्यले जेष्ठ नागरीक लाई निःशूल्क शिविर राखिएको वताउनु भयो ।  वृहत निःशुल्क स्वास्थ्य शिविरमा हाडर्जोनी तथा नशा रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,वालरोग विशेषज्ञ,जनरल फिजिसियन,नाक कान घाटी तथा दाँत रोग विशेषज्ञ लगायतको डाक्टरहरु सहितको टोलीले जेष्ट नागरीकहरुको चेक जाँज तथा उपचार गरेका थिए ।  खिलुङ् देउराली स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न ६ का वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्ष्तामा सम्पन्न २९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरीक दिवस तथा वृहत निःशुल्क स्वास्थय शिविर कार्यक्रमको संचालन भीरकोटका स्वास्थ्य शाखा प्रमुख नारायणवन्धु अर्याल, स्वागत मन्त्व्य वडा न ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेतले गर्नु भएको थियो भने यूवा चिकित्सक संघ नेपालका प्रतिनिधि डा. नीकोलस भुषालले कार्यक्रम माथी प्रकाश पार्नुभएको थियो ।

२९ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरीक दिवस तथा वृहत निःशुल्क स्वास्थय शिविर कार्यक्रममा पेट तथा छाती रोग सम्वन्धी ६२ जना,हाड र्जोनी तथा नशा रोग सम्वन्धी ४६ जना, दाँत रोगी १४ जना,स्त्री रोग सम्वन्धी १२, वाल रोग सम्वन्धी ७ जना गरी १४१ जना सेवा ग्राहीलाइ रोग सम्वन्धी परामर्श तथा औषधी प्रदान गरीएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा भीरकोटका ५, ६, ७ र ८ वडाका सेवाग्राहीले सेवा लिएका थिए ।