महरा बलात्कार प्रकरणः घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद

प्रकाशित मिति:

काठमाडौं – जबरजस्तीकरणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो ।

अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’ आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।