सभामुखको यौनकाण्ड सार्वजनिक गर्ने यी हुन् साहसी पत्रकार शिवाकोटी

प्रकाशित मिति:

काठमाडौं – मुलुकका मुलाधारका पत्र पत्रिकाको समेत नजर नपरेको एक महत्वपूर्ण र ठुलो बिषयको पर्दाफास गर्दै एक अनलाइन पत्रकारले शाहासिक काम गरेका छन्। नेपाल प्रेस युनियनका महासचिब समेत रहेका हाम्रा कुरा अनलाइन प्रधान सम्पादक अजयबाबु सिवाकोटीले यस्तो शाहासिक काम गरेका हुन्। संघिय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महाराले एक महिलालाई यौन दुरा-चार गरेको आरोप सहितको समाचार हाम्राकुरा अनलाइन मार्फत ब्रेक गरेका थिए। सोही समाचारले महराको सभामुखको पद समेत गएको छ।

उनि माथी आइतबार बेलुका एक महिलाको कोठामै गएर महिला माथी यौन दुरा-चार गरेको आरोप छ। मादक पदार्थ सेवन गरेर मातेको अबस्थामा पुगेका सभामुख महराले आफ्नो साथमा मादक पदार्थ समेत लिएर गएको पत्रकार सिवाकोटीले तथ्य सहितको समाचार ब्रेक गरेका थिए। प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार सिवाकोटीले पिडित महिलालाई भेटेर नै भिडियो सहितको समाचार ब्रेक गरेका थिए। जसले पीडक महराको पद समेत खुस्काइ दिएको छ।