नेकपा बुटवलले बृहत चियापान गर्ने

प्रकाशित मिति:

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उप–महानगर कमिटीले आगामी अशोज १६ गते वृहत चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।  कमिटीको आज बसेको बैठकले दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, ल्होसार लगायतका चाडबाडका अवसरमा पार्टीका महासचिव, पूर्व अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा बसेको बैठकले उद्योगी, ब्यवसायी, ब्यापारी, शिक्षक, बुद्धिजिवी, पत्रकार लगायतलाई उपस्थित गराउन आफ्ना शाखा कमिटीलाई निर्देशन दिएको छ ।  बैठकमा नेकपा प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज नन्दिकेशर ढकाल,प्रदेश कमिटी सदस्य तथा उपमहानगर सहइन्चार्ज रिज्जु श्रेष्ठ, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक तेजेन्द्र के.सी. लगायतले बोल्दै कार्यक्रम भब्य बनाउन सवैले भूमिका खेल्नुपर्ने बताएका थिए ।