मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण

१४ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
9 Shares


बुटवल – चेतना अभियान नेपालद्वारा आयोजित मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा परीक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शिवरमा डा. वर्षा थापा, डा. सीमा घर्ती मगर र अमृत भुसालले प्रशिक्षण प्रदान गर्नुका साथै सहभागीहरुको दन्त परीक्षण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य भोज प्रसाद श्रेष्ठले अहिले धेरै मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित रहेको र सोको रोकथाम जरुरी भइसकेको भन्दै यसखालका कार्यक्रमले जनचेतना जागृत हुने बताए ।

सर्वसाधारणमा मुख स्वास्थ्य सम्बन्धी चेतना फैलाउने, सकारात्मक परिवर्तन ल्याउने र स्वस्थ मुखको साथमा गुणस्तरीय जीवनयापन गर्ने कुरामा अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।  संविधानसभा सदस्य नेत्र पन्थीले गुणस्तरीय मुख स्वास्थ्य सेवा सम्पूर्ण नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा रहेको र यस्ता कारणले गर्दा मुख स्वास्थ्य समस्याबाट अधिकांश नेपाली ग्रसित रहेको भन्दै यसप्रति सरोकारवाला निकाय चनाखो बन्नुपर्ने बताए । त्यस अवसरमा संस्थाका अध्यक्ष टिकाराम भट्टराई, महिला अधिकारकर्मी सावित्रा अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा समाज डेण्टल केयर बुटवलले प्राविधिक सहयोग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया