नेकपाले वडा कमिटिका पदाधिकरीहरुलाई एक कार्यक्रमका बीच सपथ ग्रहण गरायो

१४ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares


रामु भुसाल/बर्दघाट -नेपाल कम्युनिष्ट पार्टी नेकपा बर्दघाट वडा नम्बर ४ वडा कमिटिको आयोजनामा साविक माकर गाविस हाल बर्दघाट १ देखी ७ सम्मका वडा कमिटिका पदाधिकरीहरुलाई सपथ ग्रहण कार्यक्रम मंगलबार बर्दघाटमा सम्पन्न भएको छ । नेकपा वडा कमिटिका अध्यक्ष जनक रावलको अध्यक्षता एवं नेकपा प्रदेश नम्बर ५ का प्रदेश कमिटि सदस्य एवं पश्चिम नवलपरासी सघिंय निर्वाचन क्षेत्र नम्बर १ का ईनर्ज वृहस्पति अधिकारीको प्रमुख आतिथ्यता र सहईन्चार्ज रामानन्द यादवको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा बर्दघाट

नगरपालिकाका नगर कमिटि अध्यक्ष ईन्द्र राना, जिल्ला कमिटि सदस्य एवं बर्दघाट सहमयोजक सरिता खनाल लगाएतले सपथ लिनुहुने सम्पुर्ण वडा कमिटिका पदाधिकारीहरु लगाएत सम्पुर्णलाई शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारी, नगर कमिटिका पदाधिकरी, वडा कमिटि लगाएत नेकपाका भातृ संगनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । नेकपा वडा नम्बर २ का वडाधयक्ष विष्नु बरालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन कमिटिका सचिव कृष्ण भट्रार्यले गर्नुभएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
  • चीनमा कोरोना भाइरसको उपचार गर्ने अस्पताल पाँच दिनमै तयार, उपचार…
  • जातिय कोटा प्रणाली अन्त्य गरि योग्यता अनुसारको रोजगार पाउने कहिले…
  • ७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए
  • तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानेर पक्राउ
  • नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा
  • नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो
  • अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग
  • सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
  • यौनकाण्डमा सम्मिलित पत्रकारको अवस्था : ‘सुबेदी कारागारमा, बस्नेत र न्यौपाने…