योङस्टारलाई पछि पार्दै सिम्रिक फाइनलमा प्रवेश

१४ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
24 Shares


रुपन्देही (कास)-३३ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनलबाट सिम्रिक युवा क्लब फाइनलमा प्रवेश गरेको छ । उसले योङस्टारलाई ४– ३ ले पराजित गरेको हो । निर्धारित समयमा गोलरहित खेलेका दुवै टिममध्ये ट्राइबेकरमा ३ का विरुद्ध ४ गोल गर्दै सिम्रिक को फाइनल तर्फको यात्रा टुंगो लागेको हो । तिलोत्तमा नगरपालिका–६ कुञ्जालापुर स्थित उमा आधारभूत विद्यालयको मैदानमा जारी प्रतिष्पर्धामा सिम्रिकका गोलकिपर सोजिन गुरुङ म्यान अफ द म्याच घोषित भए ।बुधवार हुने दोस्रो सेमिफाइनलमा जुएफसी युवा क्लब जुगेडी र फर्साटिकर एफसी बीच खेल हुने आयोजक झरना स्पोर्टस क्लबका सदस्य ज्ञान थापा मगरले जानकारी दिए । झरना स्पोर्टस क्लबको आयोजनामा असोज २ गतेदेखि जारी खेलमा १६ टिम सहभागी भएका छन् । खेल १८ गतेसम्म चल्नेछ ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन